काठमाडौं। सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिए। तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने उनले स्पष्ट पारेका छन्।
अध्यक्ष नेपालले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण गराए। उनले भने, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्छ। एकले अर्कालाई दोष दिएर मुलुकअघि बढ्न सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन। संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ।’
अध्यक्ष नेपालले संविधानप्रदत्त अधिकारहरू जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिले सबल ढंगले काम गर्ने विश्वास व्यक्त गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।