काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन्।
शनिबार बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्ने भएको बीबीसीले जनाएको छ। मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्ने छन्।
उनीहरूले आज पदभार ग्रहण गर्ने कांग्रेस नेता राजीव शुक्लाले बताए। ६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्। हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्नेछ। संसदीय दलको नेतामा चयन भएपछि सुखुले हिमाञ्चलका नागरिकसँग गरेका वाचा कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त भएको भन्दै चुनावमा गरिएका वाचा अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।