add

नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम






ActPro Nepal

|

२५ मंसिर, २०७९

|
349

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार प्रदेश नं १ बाट विद्या चाम्लिङ राई सिफारिस भएकी छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएका छन् ।

साथै बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम सिफारिस भएको छ भने लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको छ । पार्टीले कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम सिफारिस गरेको छ ।

सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशनसमेत गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.