add

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ






ActPro Nepal

|

२४ मंसिर, २०७९

|
361

उर्लाबारी । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताएका छन् ।

आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।  

सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका सन्तान पढ्ने गरेको भन्दै उनले शैक्षिक प्रणालीलाई आवश्यकताका आधारमा परिवर्तन गर्दै उत्पादनमुखी, सर्वसुलभ र प्रविधिमैत्री बनाउनुपर्ने बताए । गरिबका छोराछोरीलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले काम गर्नुपर्ने बताए । 

विसं २०१४ मा स्थानीयवासीको चन्दा संकलनबाट स्थापना भएको विद्यालयले ६५औँ वर्ष पूरा गरेको छ । हाल विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म गरेर एक हजार तीन सय ३९ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रम मङ्सिर २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.