add

एकैदिन ५०० भन्दा बढी चालक ट्राफिक प्रहरीको कारवाहीमा






ActPro Nepal

|

२३ मंसिर, २०७९

|
546

काठमाडौं  । काठमाडौं उपत्यकामा ट्राफिक नियम उलंघन बढ्दो क्रममा हुन थालेको छ । बिहीबार गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन् । 

यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारवाही गरिएको छ ।

चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।    

काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्युनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिएका छन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.