add

मोलुङ हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
503

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंसिर १५ गते आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधरणका लागि जारी गर्नेछ ।

कम्पनीले यसअघि नै आइपीओ जारी गर्न सनराइज क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.