काठमाडाैं । सामान्यतयाः खेती प्रविधिहरू माटोमा गर्ने प्रचलन रहेको छ । तर, पछिल्लो समय विश्वमा खेतीयोग्य भूभागहरू तीब्र रूपमा घटिरहेका छन् । एकातर्फ उर्बर जमिन विभिन्न प्रयोजनका लागि उपयोेग भइरहेका छ भने अर्कोतर्फ भू–क्षय तथा बाढी पहिरो जस्ता विपद्ले उर्वरभुमि खण्डहर जमिनमा परिणत भइरहेका छन् ।
हाल विश्वको जनसङ्ख्या ७९५ अर्ब रहेको अनुमान गरिएको छ । त्यसैले बढ्दो जनसङ्ख्यालाई खाद्यान्न पूर्ति गर्न तथा पोषण सुरक्षाका लागि उत्पादन तथा उत्पादकत्त्व बढाउनुपर्ने वर्तमान आवश्यकता रहेको छ । तर, जमिन बढाउन सक्ने अवस्था नरहेको वर्तमान समयमा प्रतिइकाइ क्षेत्रफलबाट कसरी बढी उत्पादकत्व लिन सकिन्छ भन्ने कुरा सर्वव्यापापी चासो र चिन्ताको विषय बन्न पुगेको छ । सन् १९७० को दशकमा सर्वप्रथम संसारका वैज्ञानिकले संरक्षित संरचनाभित्र खेती गर्ने प्रचलनको सुरवात गरे ।
जसलाई हाइड्रोपोनिक मानियो । हाइडोपोनिकको इतिहास पुरानो भए पनि व्यवसायिक खेतीको शुरुवातको श्रेय सन् १९२० देखि १९३० ताका क्यालिफोर्निया विश्वविद्यालय प्रोफेसर Dr.William F Gerke लाई जान्छ । जसले विरुवाको पोषकतत्त्वको प्रयोगात्मक अध्ययन गरे । जुन पछि गएर बृहत व्यबसायिक खेतीका लागि कोशोढुङ्गा सावित भयो ।
हाइड्रोपोनिक शब्द ग्रीक शब्दबाट निमार्ण भएको हो । Hydro को अर्थ पानी तथा ponosको अर्थ कार्य वा काम गर्नु भन्ने बुझिन्छ । हाइड्रोपोनिक एक विज्ञान हो जसमा माटोबिना खेती गरिन्छ । तर, निष्क्रिय पदार्थहरू जस्तैः ग्राभेल, बालुवा, पीट, भर्मिकुलाइट, काठको धुलो आदिलाई माध्यमको रूपमा प्रयोग गरिन्छ ।
अर्थात यसलाई यसरी पनि भन्न सकिन्छ कि हाइड्रोपोनिकमा प्रयोग हुने निष्क्रिय पदार्थहरू विरुवाको जरालाई पोषकतत्त्व लिनका लागि सहायक माध्यमका रूपमा प्रयोग हुन्छन् । यो विधिमा पानीका अलवा प्राङ्गारिक पदार्थहरू पीट र काठको धुलो मात्र प्रयोग गरिएको अवस्थामा यसलाई माटो विहिन खेती पनि भन्ने गरिन्छ ।
हाइड्रोपोनिकका प्रकार
विश्वमा हालसम्म ७ प्रकारका हाइड्रोपोनिक प्रकारहरू प्रयोगमा ल्याइएका छन् । ती हुन् Deep Water culture (DWC), Nutrient Film Technique (NTF), bb and flow, eropnics, Raft system and Drip system डिप वाटर कल्चरमा जरालाई खाद्य तत्त्व मिसाइएको भाडोमा आशिंक रूपमा डुबाई अक्सिजनको कमि हुन नदिइकन खेती गरिन्छ ।
एनटिएफ पद्धतिमा खाद्यतत्त्व मिसिएको पानीलाई लगातार बग्न दिइन्छ । र बिरुवाले पोषकतत्त्व लिएपछि उक्त पानी पुनः ट्याङ्कीमा जम्मा हुन आउँछ । एरोपोनिक्समा बिरुवालाई कुनै माध्यमबाट झुण्डाएर राखी पोषकतत्त्व मिसिएको पानीलाई मिस्टको रूपमा बिरुवाको जरामा पठाइन्छ ।
यो विधि खासगरि बिउ आलु उत्पादनको लागि प्रयोग गरिन्छ । डिप वाटर कल्चरमा ५ से.मी.सम्म गहिरो खाद्य तत्त्व सहितको पानीलाई विरुबाको जरामा पठाइन्छ । पानीले food and drain systemको रूपमा काम गर्छ । बढी भएको पानी पुनः ट्याकीमा जम्मा हुन्छ र यसलाई स्वचालित पम्पले व्यवस्थापन गर्ने गरिन्छ । विशेषगरी साग बालीको लागि यो विधि राम्रो मानिन्छ ।
Drip Systemमा पोषकतत्त्वलाई डिप लाइनको माध्यमबाट बिरुवाको जरामा पठाइन्छ र बढी भएको पानी ट्याङ्कीमा आएर जम्मा हुन्छ । Raft system मा कुनै पनि स्थायी संरचनामा स्टेफोरमको सहायताले बिरुवालाई सहारा प्रदान गरी उक्त संरचनामा पोषकतत्त्व प्रदान गरी खेती गरिन्छ । कस्तो खालको हाइडोपोनिक प्रविधि अपनाउने भन्ने कुरा लगाउने बाली, उपलब्ध जमिन, श्रोत साधन, पूँजी आदिको कुराले निर्धारण गर्दछ । खासगरी न्युटेन्ट फिल्म टेक्निक विधि बढी प्रचलनमा रहेको पाइन्छ ।
हाइड्रोपोनिकको बाहिरी संरचना
विश्वका अधिकांश विकसित मुलुकले हाइड्रोपोनिक भेन्टिलेटेड ग्रीनहाउसभित्र गर्ने गरेको पाइन्छ । कस्तो खालको संरचना बनाउने भन्ने कुरा लगाउने बाली, साधन स्रोत तथा पूँजीमा निर्भर गर्दछ । हाम्रो देशमा यस्ता महङ्गा संरचनाहरू बनाउन ठूलो धनराशी खर्च हुने हुँदा सामान्य भेन्टिलेटेड संरचनाभित्र पनि यसलाई व्यवस्थापन गर्न सकिन्छ ।
हाइड्रोपोनिकमा प्रयोग हुने मिडियाहरू
विरुवाको जरा अडिनका लागि माटो प्रयोग नहुने हुँदा यसमा विभिन्न माध्यमहरूको प्रयोग गर्नुपर्ने हुन्छ । ती माध्यमले बिरुवालाई साहारा दिनुका साथै पोषकतत्त्व अवशेषण तथा जरामा अक्सिजनको मात्रा उपलब्ध गराउन मद्दत पुर्याउछन् । ती माध्यमहरू निम्न बमोजिमका रहेका छन् । जस्तैः कोकोपिट, पर्लाइट, भर्मिकुलाइट तथा रक बुल आदि प्रमुख रहेका छन् । ती मध्य कोकोपिट नरिवलको जराबाट, पलाइट ज्वालामुखीबाट निस्केको हलुका पर्दाथबाट भर्मिकुलाइट खनिजबाट तथा र मोल्टेड रक बनाइएका हुन्छन् ।
हाइड्रोपोनिक पोषकतत्त्व व्यवस्थापन
विरुवाका लागि चाहे जुनसुकै माध्यमबाट खेती गरे पनि १७ वटा पोषकतत्त्वहरु आवश्यक पर्दछन् । ती पोषकतत्त्व पानीको माध्यमबाट बिरुवाले ग्रहण गर्ने गर्दछन् । हाइड्रोपोनिकमा प्रयोग हुने मलहरू पानीमा घुलनसिल झोल मल तथा घुलनसिल धुलो मलका रूपमा बजारमा उपलब्ध छन् ।
झोलमलहरू कम्पनीको निर्देशनअनुसार बालीको अवस्थाअनुसार कति मात्रामा प्रयोग गर्ने भनेर निर्धारण गर्न सकिन्छ । तर, ती झोलमलहरू महङ्गा हुने हुँदा धुलो मललाई स्टक सोलुसन बलाएर प्रयोग गर्दा बढी लाभदायी हुन्छ । किनकी कतिपय मलहरु एकआपसमा मिलाउदा तिनीहरू आपसमा जम्ने हुन्छ । जस्तैः नाइटोजनको प्रयोगले पोटासको उपलब्धतामा कमि ल्याउछ । क्याल्सियम नाइटेट र फस्फोरिक एसिड एक आपसमा Antagonism हुन्छन् । हाइड्रोपोनिक प्रयोग गर्न सकिने बजारमा उपलब्ध घुलनसिल मलहरू तपशिल बमोजिम रहेका छन्ः
क्याल्सियम नाइटेड Ca 19%,N 15.5%
पोटासियम नाइटेड k38.3%,N13%
मोनो पोटासियम फस्फेट K28%,P23%
म्याग्नेसियम सल्फेट Mg10%,S13%
म्याग्निज चिलेट Mn13%
आइरन चिलेट Fe13.3%
जिंक चिलेट Zn 14.2%
कपर चिलेट Cu14%
सलुबो B20.5%
जिक सल्फेट (zinc 23%)
कपर सल्फेट Cu25%
एमोनियम मोलिब्डेनम Mo56%
मल बनाउने तरिका
हाइड्रोपोनिक बिरुवाले झोलको रूपमा मललाई ग्रहण गर्दछ । सबै प्रकारका पानीमा घुलनशिल मलहरूलाई एकैचोटी मिसाउदा तिनीहरू जम्ने समस्या हुन्छ ।
स्टक सोलुुसनको लागि मल बनाउने तरिका
मलहरूलाई २ वटा १०० लिटरको प्लाष्टिक ड्रममा स्टक सोलुसन तयार गरी फाइनल सोलुसनमा ती मलहरू आवश्यकताअनुसार प्रयोग गरिन्छ । यसका लागि संतृप्त मापक आवश्यक पर्दछ । यो मापक १ः१००लाई लिइएको छ । यदी हामिलाई पानीमा घुलनशिल मलहरूको घनत्त्वको बारेमा जानकारी भएमा १० हजार लिटर पानीका लागि मलको सोलुसन निर्माण गर्न सकिन्छ । संतृप्त मापक १ः१०० मान्दा १००० लिटर पानीका लागि कुल घुलनशिल मललाई १०० लिटर पानीमा मिसाएर घोल बनाउन सकिन्छ ।
४.३ १००० लिटर पानीका लागि आवश्यक पिपियम मात्रा
{सुत्र = =Total Nutrient solution /Concentration Factor =10000/100=100 liter}
उदाहरणः १०००० लिटर पानीको घोलका लागि मात्रा नाइटोजन N=250 ppm,फस्फोरस P = 81ppm, पोटास k=251ppm,क्याल्सियम ca=260ppm, म्याग्नेसियम mg=72ppm,सल्फर s=97ppm, फलाम म्याग्निज Mn =1.04ppm, B=0.7ppm Cu=0.08ppm Zn=0.25ppm Mo=0.05 ppm ,CaNO3 Ca 19% ,N15% उपलब्ध रहेको अवस्थामा तलको सुत्र प्रयोग गरि आवश्यक मलको मात्रा निकाल्न सकिन्छ ।
४.४ मलको आवश्यक मात्रा -gm)={(Required ppm/Element %)×Quantity of solution needed }/1000 अर्थात {(260/19%)10000}/1000=13684.21 gm. 13684.21 gm CaNo3 10000 lit पानीमा मिसाउदा क्यासियम का साथमा नाइटोजन पनि सँगै जाने हुदा यसलाइ घटाउनु पर्दछ ।
४.२ विद्युतीय चार्ज र व्यवस्थापनः
हाइड्रोपोनिकमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा Ph र Ec को व्यवस्थापन हो । बिरुवालाई फरक फरक उज मा लगाउदा तनावको महशुुस हुन्छ । त्यसैले बिरुवाको एउटा पूर्ण बाली अवधिमा सकेसम्म एकैनासको पि.एच र इ.सि व्यवस्थापन गर्न जरुरी हुन्छ ।
बिरुवालाई कम Ph मा फैलाउनु राम्रो हुन्छ । हरेक लागि फरक हुन्छन् । Ec को रेञ्ज १.२ (सागपातको लागि) देखि ३.५ (गोलभेडा) आवश्यक पर्छ । उच्च इ.सी.मा लवणहरू अघुलनसील अवस्थामा रही बिरुवाले लिन नसक्ने हुन्छ । प्राय: बालीले पी.एच ५.८ देखि ६.२ बिचको रेञ्ज मन पराउछन् । बिरुवाले मल अवशोषण गर्दै जाँदा प्रायः पि.एचको लेबल बढ्दै जान सक्छ । त्यो अवस्थामा हाइड्रोपोनिकमा नाइटिक एसिडको प्रयोग गर्नुपर्छ ।
हाइड्रोपोनिकमा प्रयोग हुने पानीको गुणस्तरीयता
गुणस्तरीय पानी हाइड्रोपोनिकका लागि अति नै आवश्यक हुन्छ । हाइड्रोफोनिकका लागि पानीको पि.एच ५ देखि ७, इ.सि ०.२५ देखि १ क्षारियपन <100 mg/lit,Bicarbonate 30-50 mb/lt ,calcium 40-120 mg /lit , magnesium 6-24mg/lit, Iron -1-2 mg/lit,Magnese 0.2-0.7 mg,Boron 0.2-0.5 mg, Copper 0.08-0.15 mg/lit , Molybdenum 0.02-0.05mg,Fluride -<3mg /liter,Sulphate 24 -240 mg/lit ,chloride <50mg /lit ,Sodium <30mg/lit आवश्यक पर्दछ ।
अन्य व्यवस्थापन
हाइड्रोपोनिक एक जटिल र प्रविधियुक्त खेती प्रणाली हो । यसका लागि स्लोप निर्धारणदेखि हावाको सञ्चार, प्रकाश, व्यवस्थापन, तापक्रम र सापेक्षित आद्रता व्यवस्थापन एवम् रोग किरा व्यवस्थापनबारे सचेत हुन आवश्यक हुन्छ । हरेक ४० से.मी.मा एक से.मी.को स्लोप निर्धारण गर्नु पर्दछ भने संरचनाभित्र हावाको सञ्चार नभएको ट्रान्सपेरियन्स हुन नपार्य उत्पादन घट्छ ।
बढी आद्रता भएको पानी ग्रहण गर्न नसक्नेलगायत बिरुवामा रोग किराले आक्रमण गर्दछ । त्यसैले संरचनाभित्र ५० देखि ६० प्रतिशतको सापेक्षिक आद्रता कायम गर्नुपर्दछ । बिरुवामा प्रशस्त पि.ए.आर रेञ्जको प्रकाश पुगे नपुगेको एकिन गर्न जरुरी हुन्छ । रोगकिराका लागि समयमै सावधानी अपनाई संरचनागत त्रुटीहरू सच्याउने र आवश्यक परे विषादी प्रयोग गर्ने गर्नु पर्दछ ।
हाइड्रोपोनिकका फाइदाहरू
यो विधिबाट खेती गर्दा माटोबाट सर्ने रोगहरू लाग्दैन । लामो समयसम्म बाली लिन सक्छ । बढी अम्लिय तथा बढी क्षारिय खेती गर्न नसकिने क्षेत्रमा यो विधि अपनाउन सकिन्छ । यो विधिबाट बालीको वृद्धि विकास छिटो गराउन सकिन्छ । खाद्यतत्त्व चुहेर हुने नोक्सानी कम गर्न सकिन्छ । यस विधिबाट माटोमा भन्दा कम पानी लाग्छ । यान्त्रिकरण यसमा सजिलो हुन्छ । बालीको गुणस्तर राम्रो हुन्छ । प्रतिइकाइ उत्पादन बढी लिन सकिन्छ ।
हाइड्रोपोनिकका बेफादाहरू
यसका लागि बढी लागत र प्राविधिक ज्ञानको आवश्यकता पर्छ । यो प्रविधि संवेदनशिल भएकाले दैनिक रेखदेख गर्न जरुरी हुन्छ ।
उपसंहार
हाइड्रोपोनिक जमिनको तुलनामा १० गुणा बढी उत्पादकत्त्व लिन सकिने भएता पनि यो प्रविधिबारे नेपालमा खासै अध्ययन भएको छैन । यो प्रविधि अपनाउनका लागि ठूलो धनराशि, ज्ञान र सिपको आवश्यकता पर्छ । यसमा प्रयोग हुने झोल मलहरू सजिलैसँग नपाइने र पाइएता पनि अत्यन्त महङ्गो भएका कारण र पानीमा घुलनसिल मलहरू बनाउन सजिलो छैन । बाली अवधिभर एकैनाशको पि.एच र इ.सि व्यवस्थापन गर्न पनि गाह्रो छ । यसबाहेक अन्य व्यवस्थापनहरू जस्तैः प्रकाश, आद्रता, तापक्रम आदि समयमै व्यवश्थापन गर्न नसके उत्पादन हुनुको साटो लगानी मात्र डुब्ने डर हुन्छ । यसको अर्को महत्त्वपूर्ण पक्ष बजार पनि हो ।
(स्रोतः नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सहयोगमा तयार पारिएको)
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।