add

बाटो बिराएको खण्डमा निर्धक्क भएर मलाई रोक्नुहोस् : सिके राउत






ActPro Nepal

|

१७ मंसिर, २०७९

|
367

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाईचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरुको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताए । अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन बढि सहयोगको अपेक्षा गरिएको पनि बताए ।

एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ थियो । अध्यक्ष राउतले भने, ‘हामीले जुन सपना देखेका थियौं । हामीले सपना देख्यौं देशको समृद्धिको, समानताको, भाईचाराको । त्यसलाई आगामी दिनमा हामी पूरा गर्न प्रतिवद्ध रहनेछौं । आफ्ना एजेण्डाहरुप्रति इमान्दार रहनेछौं । र, त्यही अनुरुप काम गर्नेछौं भनेर भन्न चाहन्छु । र, आगामी दिनमा तपाईहरुले मलाई यहाँसम्म पु¥याई दिनु भयो । तपाईहरुको पनि काम सिद्धियो भनेर होइन । यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो । यहाँबाट तपाईहरुको सहयोग झन बढि चाहिन्छ । अव काम गर्ने बेला आयो ।’

उनले थपे, ‘काम गर्ने ठाउँमा पुग्यौं । यतिबेला तपाईहरुको सहयोग झन बढी हामीलाई चाहिन्छ । तपाईहरु जुनसुकै वर्गको हुनुहोस् । विद्यार्थी हुनुहोस्, कर्मचारी हुनुहोस् । अधिवक्ता हुनुहुन्छ, पत्रकार हुनुहुन्छ । व्यवसायी हुनुहुन्छ । जुनसुकै वर्गबाट हुनुहुन्छ । तपाईहरुको व्यापक सहयोग हामीलाई आवश्यक पर्दछ । हामीले जुन एजेण्डा लिएर अगाडि बढका छौं, जुन सपना देखेका छौं । जनताले जुन अपेक्षा हामीसँग राखेका छन, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईँहरुलाई पनि अनुमान छ । तपाईहरुले पनि बुझ्नु हुन्छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ ।’

उनेल फेरि भने, ‘हाम्रो पनि मनस्थिति डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ । त्यही भएर म तपाईहरुसँग पनि आग्रह गर्न चाहन्छु–तपाईहरु जहिले पनि हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । सहयोग गर्न तयार रहनुस् । हामी तपाईलाई सहयोग गर्न जहिले पनि राति पनि आउन सक्छौं । दिउँसो पनि आउन सक्छौं । जतिबेला पनि आउन सक्छौं । तर यो तपाईहरुको सहयोगले नै सम्भव हुनेछ । जनताले जुन अपेक्षा राखेका छन । त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुँदैमा वा प्रधानमन्त्री हुँदैमा पनि त्यो पूरा हुने होइन । हामी सबै मिलेर जुन सपना हामीले बन्यौं । त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौं । म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिईराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु । र, हामीले कतै पनि बाटो बिराएको खण्डमा तपाईहरु एकदम निर्धक्क भएर मलाई रो्क्नुहोस् । किनभने मलाई बनाएको. नै तपाईहरुले हो ।’

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढने पनि पटकपटक दोहो¥याए । त्यस अवसरमा उनले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद समेत व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.