काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै वाम गठबन्धनको संयुक्त सरकार बन्ने सम्भावना नरहेको बताएका छन्
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सत्ता गठबन्धनबाट नै सरकार बन्ने जिकिर गरे ।
‘अहिलेकै गठबन्धन दलहरूबीचबाट सरकार बन्नेछ’, उनले भने, ‘वाम गठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ ।’
अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको उनले बताए। अन्तिम मतपरिणाम नआइसकेकाले अहिल्यै नै सरकार बनाउनेमा निष्कर्षमा पुग्नु हतार हुने उनको भनाइ थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।