add

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ : उपाध्यक्ष नेम्वाङ






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
557

काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले जनताको जनादेशअनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सबै दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार जुनसुकै भूमिका निर्वाह गर्ने बताएका हुन् । 

उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरे।

'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,' संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, 'निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।' लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताए। 

'मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढ्छ,' निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भने, 'संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ।' मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.