add

नेपाल हाइड्रो डेभलपर लिमिटेडको लाभांश घोषणा






ActPro Nepal

|

१२ मंसिर, २०७९

|
522

काठमाडौँ। नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। 

आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.