add

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, घट्यो ब्याजदरको अन्तर (पूर्णपाठ)






ActPro Nepal

|

१२ मंसिर, २०७९

|
352

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

समिक्षा चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९, संशोधन गर्न सकिने उल्लेख गरेको छ । त्यस्तै कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ ।

४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ । यस्तै ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशतमा झारिएको जनाएको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.