add

दोलखाका १० विवादित केन्द्रमा पुन: मतदान हुने






ActPro Nepal

|

११ मंसिर, २०७९

|
416

काठमाडौं  । निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको छ। 

आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन सम्बन्धित निर्वाचन कार्यालयलाई निर्देशन दिएको हो।  

जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले  पुनः मतदान गर्ने निर्णय गरेको हो। ४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोसी, शैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो।

दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको प्रतिवेदन टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा ७ केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरिएको छ। स्याङ्जा र बाजुराको भने रिपोर्ट नआएकाले निर्णय भएको छैन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.