काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीको बोनस शेयर र नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।
कम्पनीले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि कुल ११ प्रतिशतले हुन आउने ८ करोड ८५ लाख ६७ हजार बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।