add

निफ्राको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित






ActPro Nepal

|

११ मंसिर, २०७९

|
472

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई ४.२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।शनिबार काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को ४.२१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ । साधारणसभाले गत आव २०७८/७९ कोे वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

निफ्रा स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत सङ्कलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापित बैंक हो । सञ्चालनको चौथो वर्षमा रहेको यो बैंकले गत असार समान्तसम्ममा रु ३२ अर्ब ८९ को कर्जा स्वीकृत गरेको छ भने रु १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरिसकेको छ । सोही अवधिमा बैंकले रु १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।

निफ्राले मुलुकमा निर्माण हुने दीर्घकालीन पूर्वाधारमा सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्धन गर्ने विषयलाई मुख्य आधार मानी चार वर्षे रणनीतिक योजना अनुरुप व्यावसायिक गतिविधि गरिरहेको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.