काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।
आइतबार विहान ६ बजेर १५ मिनेटसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले २२ लाख ७३ हजार ७ सय ६५ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २१ लाख ६९ हजार ९ सय ७१ समानुपातिक मत पाइसकेको छ।
यस्तै तेस्रोमा रहँदै नेकपा माओवादी केन्द्रले ९ लाख ७१ हजार ७५ समानुपातिक मत ल्याएको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले अहिलेसम्म ९ लाख १५ हजार ७९ मत ल्याएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ५६७ मत ल्याएको छ। जसपाले २ लाख ७३ हजार ८४५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकीकृत समाजवादीले २ लाख १४ हजार १७५ मत पाएका छन्।
यस्तै, जनमत पार्टीले २ लाख ९ हजार ३६९,नागरिक उन्मुक्ति पार्टीले १ लाख १६ हजार ६६३ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १५ हजार १ सय ७२ मत पाएका छन्।
यो पनि :
प्रतिनिधिसभातर्फ ११ सिटको नतिजा सार्वजनिक हुन बाँकी, कुन क्षेत्रमा कसको अग्रता?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।