add

मोरङ ६ मा एमालेका लालबाबुलाई हराउँदै कांग्रेसका शेखर कोइराला विजयी






ActPro Nepal

|

९ मंसिर, २०७९

|
273

काठमाडौं ।मोरङ क्षेत्र नम्बर ६ बाट एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले पण्डितलाई पछि पार्दै विजयी भएका हुन्।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे। पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। 

उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए। २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए।

१४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.