समानुपातिक ‘अपडेट’ : कांग्रेस र एमालेले ल्याए ८ लाख बढी मत,कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले आठ लाख ९४ हजार चार सय नौ  मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले आठ लाख ५७ हजार छ सय २१  मत प्राप्त गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार पाँच सय ७५ मतसहित तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले  चार लाख दुई हजार चार सय ९९ मत  मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार तीन सय ७५ मत ल्याएको छ।  जसपाले एक लाख १२ हजार पाँच सय ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। जनमत पार्टीले ६७ हजार छ सय १४ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ६२ हजार पाँच सय ४७,  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ६१ हजार सात सय चार, नेपाल मजदुर किसान पार्टीले ५६ हजार एक सय ८३ मत पाएका छन्।

यो पनि :

प्रतिनिधिसभातर्फ १११ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।