काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलिले अग्रता लिएका छन् ।
पराजुलिले ५ हजार ६६९ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का श्याम घिमिरेले उनलाई पछ्याइरहेका छन्।
घिमिरेले ४ हजार ३९२ मत ल्याएका छन्। प्रारम्भिक गणनामा पराजुलिले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार २७७ मत बढी ल्याएका छन्।
त्यस्तै गठबन्धन उम्मेदवार (मानुषी) यमी भट्टराईले ३ हजार ९६३ मत प्राप्त गरेकी छिन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।