काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।
साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३८८.४० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर ३४७ रुपैयाँ पुगेको छ ।
यसैगरी, बोटलर्स नेपाल तराई ७.५१, रिडी पावर ६.०३, पञ्चकन्या माइ, युनियन, सामलिङ पावर, हिमालयन पावर, मध्येभोटेकोशी, जोशी र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।
नेप्सेका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १३ करोड र हिमालयन डिस्ट्रीलरी १० करोड बढीको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।