add

पासाङ ल्हामु मार्गको स्तरोन्नती देखि फोहोरमैलाको दिगो समाधान गर्न मेरो उम्मेदवारी : रमेश महत






ActPro Nepal

|

१ मंसिर, २०७९

|
593

रमेश महत, प्रदेश सभा उम्मेदवार, नुवाकोट – १ (ख)

यसपटकको निर्वाचनमा नेकपा (एमाले) विरुद्ध माओवादी, काङ्ग्रेस लगायतका दलहरु ५ दलीय गठबन्धन सहित चुनावमा होमिएका छन् ।

नुवाकोटमा पनि त्यही अवस्था छ । गठबन्धनबाटै यसपटक नुवाकोट १ (ख) मा रमेश महत प्रदेशसभाका उम्मेदवार बनेका छन् ।

अघिल्लो पटकको निर्वाचनमा जनताबाट निर्वाचित नेकपा (एमाले)ले संसदलाई २ पटक सम्म भङ्ग गरेको कारण अन्य दलहरुले चुनावी मोर्चा बनाउनुपर्ने स्थिति बनेको महत बताउँछन् । उनले काङ्ग्रेस, माओवादी लगायतका दलहरुको लागि पनि गठबन्धन बनाउनु बाध्यता भएको बताएका छन् । साथै उनले आगामी ५ बर्ष सम्म मुलुकलाई स्थिर बनाइराख्न गठबन्धन निर्माण गरिएको बताए । यसै गठबन्धनबाट निर्वाचित सरकारले नेपालको संविधानलाई पूर्णत कार्यान्वयनमा लैजाने योजना बनाएको उनको धारणा छ।

राज्यको पुनर्संरचना भएको अवस्थामा अझै पनि ३ ओटै तहका सरकारले पूर्ण रुपमा कार्यान्वयनमा जान सकेका छैनन् । यसलाई कार्यान्वयनमा ल्याएर मात्र मुलुकलाई आर्थिक रुपमा माथि उठाउन सकिन्छ भन्ने गठबन्धनको मूल बुझाई रहेको महतले बताए ।

विगतमा नेपाली काङ्ग्रेसको नेतृत्वमा विकासका कामहरुले गति लिएका भएपनि पूर्ण रुपमा समाधान दिन सकिएको छैन । विगतमा पूरा हुन नसकेका दिगो महत्वका योजनाहरुलाई अघी बढाउनको लागि गठबन्धन सरकारले गर्नुपर्ने महतको धारणा छ ।

मेरो उम्मेदवारी किन ?

आगामी दिनमा पनि मुलुकको समृद्धिको लागि थुप्रै काम गर्नुपर्ने छ । स्थानीय उत्पादनहरुलाई प्रोत्साहन गर्नुछ । स्वदेशमा नै युवालाई अवसर खोज्नुछ । जसरी विगतमा मुलुकलाई आर्थिक उदारीकरणमा लैजानको लागि नेपाली काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको थियो, त्यसरी नै अहिले पनि स्थानीयहरुको अवस्था माथि उठाउन प्रयाप्त काम गर्न बाँकी छन् । पासाङ ल्हामु मार्गको स्तरोन्नती देखि फोहोरमैलाको दिगो समाधान सम्मका कामहरु हामीले गर्नुछ । नुवाकोटमा पर्यटन क्षेत्रलाई आर्थिक उपार्जनको राम्रो आधार बनाउनुछ । जनताको लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको लागि पनि अझै धेरै गर्नुछ । यिनै पूरा हुन नसकेका कुराहरुलाई पूरा गर्नुपर्ने आवश्यकता महसुस गरेर मैले यसपटक प्रदेशसभामा उम्मेदवारी दिएको हुँ ।

बाहिरबाट हेर्दा विकास निर्माण कार्य जति सहज देखिन्छ, भित्री रुपमा त्यति सहज अवश्य छैन । यद्यपि हामीले काम गर्नैपर्छ । अब हामीले आधारभूत आवश्यकतामा नअल्झिई दिगो समाधान सहितको गुणात्मक विकासमा केन्द्रित हुनुपर्छ । अहिले पनि हामी विकासको लागि प्रारम्भिक चरणमा नै छौं । अहिले भर्खर मात्र थुप्रै दिगो महत्वका सडकहरुका ट्रयाकहरु खुलिरहेका छन् । जनतामा चेतनास्तर बढ्दो छ । अब गुणात्मक विकासको लागि हामीले मुलुकमा स्थिरता ल्याउन सक्नुपर्छ ।

कृषिको आधुनिकीकरण र दिगो विकासको आवश्यकता

अबको आवश्यकता भनेको भौतिक पूर्वाधारको अलावा हामीले सुशासन र संस्कारयुक्त समाज निर्माणमा जोड दिनुछ । गाउँका बाँझा जमिनलाई खेतीपाती गर्ने बनाउनुपर्ने छ । यसका लागि कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुछ । बढ्दो वैदेशिक ऋण र व्यापार घाटा घटाउँदै लैजानुछ । यसको लागि अब हामीले प्रयाप्त काम गर्नुपर्छ । एकजनाले मात्रै सबै काम गर्न सकिँदैन । सबैको सहकार्य आवश्यक पर्छ । यस्ता महत्वपूर्ण काम सम्पन्न गर्न हामीले सही व्यक्ति सही ठाउँमा खटाउन सक्नुपर्छ । राजनीतिलाई सुधार्दै लैजानुपर्छ । आयोजना आवश्यकता र औचित्यताको आधारमा छनौट गर्नुपर्छ । अबको हाम्रो जोड यिनै विषयमा केन्द्रित हुनेछ ।

साथै विगतमा विकासप्रेमी नेताको रुपमा जनताहरुले मलाई चिनिसकेका हुनाले यसपटक मतदान मार्फत मलाई विजयी गराउनेमा म आशावादी छु । जनताबाट हाम्रो पक्षमा राम्रो माहोल बनेको अवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.