add

ब्राउन सुगरसहित दुईजना पक्राउ






ActPro Nepal

|

२८ कार्तिक, २०७९

|
679

लहान । सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । स. ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेकाबेला ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २९ हजार नगद सहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट लागु औषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.