add

नेपालले जित्यो यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
439

काठमाडौं । बंगलादेशमा भर्खरै सम्पन्न यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। डबल राउन्ड रोबिन शैलीमा भएको प्रतियोगितामा शीर्षस्थानमा रहँदै नेपालले उपाधि जितेको हो।

प्रतियोगितामा विजेता नेपालले १० अंक जोड्यो भने आयोजक बंगलादेशले ७ अंक बनायो। अन्तिम खेलअघि नेपालको ९ र बंगलादेशको ५ अंक रहेको थियो। प्रतियोगितामा उपाधिका लागि नेपाललाई बराबरी पनि ठिक थियो भने बंगलादेशलाई जित आवश्यक थियो।

तर निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि नेपालले उपाधि जितेको हो। खेलको १४ औं मिनेटमा समीक्षा मगरको शुसिला केसीले २५ यार्ड नजिकबाट गरेको प्रहार पोस्टमा छिरेको थियो। यससँगै नेपालले खेलमा अग्रता बनाएको थियो। दोस्रो हाफमा बंगलादेशकी रुमा अख्तरले ५४ औं मिनेटमा गोल गरेकी थिइन्।

निर्धारित समयको एक मिनेट मात्र बाँकी रहँदा बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो। तर नेपाली गोलकिपर तामाङले त्यसलाई सहजै बचाएपछि बंगलादेश जित निकाल्नबाट चुक्यो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.