काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)को पुरानो वेबसाइट बन्द हुने भएको छ । नेप्सेले आगामी आइतबारदेखि नयाँ वेबसाइट पूर्णरुपमा संचालनमा ल्याउने भएसँगै पुरानो वेबसाइट बन्द हुने भएको हो ।
नेप्से सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।
नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएकाले २५ गतेभित्र सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा यूजर आइडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको थियो ।
योसँगै पुरानो वेबसाइट अन्तर्गतमा सम्पूर्ण लगइन र यूजर आइडी खारेज हुने भएका छन् । तसर्थ, तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।