add

पेन्सन कोषमा रहेको २५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु






ActPro Nepal

|

२२ कार्तिक, २०७९

|
348

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु २० करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ३ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १ करोड २५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही कात्तिक २२ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ । यही कात्तिक २७ गतेदेखि २०८० को कात्तिक २७ गतेसम्म ३६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.