add

सबैका समस्या बुझेको छु, सबैको न्याय हुने गरी काम गर्छुः प्रधान






ActPro Nepal

|

२० कार्तिक, २०७९

|
1482

देवेन्द्र प्रधान, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

नेपालमा लामो समय यातायात क्षेत्रको अनुभव हासिल गरेका देवेन्द्र प्रधान मुलुकको समृद्धिको लागि यातायात एवं पूर्वाधार क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण हुने दावी गर्छन् । सबै नागरिकहरुको शिक्षा, स्वास्थ्य एवं आवश्यक सेवामा सहज पहुँच आवश्यक रहने बताउने प्रधान यस पटक राजा सहितको प्रजातन्त्र पुनस्र्थापना र प्रदेश संरचना खारेजीको मुख्य मुद्दा शिरोधार्य गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिएका प्रधान सोही क्षेत्रका स्थानीय बासिन्दा समेत भएका हुनाले उक्त क्षेत्रको यथार्थ स्थिति बारे जानकार छन् । जसले गर्दा आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनताका आकाङ्क्षा र आवश्यकता के हुन् भन्ने सम्बन्धमा पनि उनी परिचित छन् ।

लामो समय सामाजिक एवं व्यावसायिक गतिविधिमा क्रियाशिल रहँदा आफूले हासिल गरेको अनुभव अब जनताको मतद्वारा जनताकै सेवामा खर्चने मान्यताले आफू यसपटकको निर्वाचनमा होमिएको दावी गर्छन् ।

देशमा बढ्दै गएको भ्रष्टाचारलाई नजिकबाट महसुस गरेका प्रधान मुलुकको भ्रष्टाचारलाई निमिट्यान्न पार्ने र सुशासनको प्रत्याभुति सबै नागरिकले गर्नको लागि सोही विचार मनस्थितिका व्यक्तिलाई जनताले मत द्वारा निर्वाचित गर्नुपर्ने धारणा राख्छन् उनी ।


देशमा संघीयता भारी बन्दै गएको र लोकतान्त्रिक प्रणाली लुटतन्त्रमा परिणत भएको अवस्था प्रति चिन्तित छन् प्रधान । यस्तो स्थितिमा अहिले जनताहरु विकल्पको खोजीमा रहेको बताउँदै प्रधान आफ्नो पार्टीले भ्रष्टाचार गरेर खानुलाई आमाको रगत पिउनु सरह रहेको कुरालाई स्वीकार गरेको कारण आफ्नो दलका प्रतिनिधिहरुबाट कुनै किसिमको भ्रष्टाचार हुन नसक्ने ठोकुवा समेत गर्छन् ।

अबको आवश्यकता समृद्धि नै भएकोले त्यो समृद्धि हासिल गर्न सबै जनताहरु सचेत, जागरुक र संस्कारी हुनुपर्ने कुरामा समेत प्रधान विशेष जोड दिन्छन् । सबै नागरिकहरु सचेत हुन सकेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने, विनियोजित बजेट सही तवरले प्रयोगमा आउन सक्ने, आवश्यकता र औचित्यताको आधारमा परियोजना छनोट हुन गई बजेटको उत्पादकत्व वृद्धि हुने उनको दावी छ ।

‘अन्यलाई हेर्यौं पटकपटक, नयाँलाई हेरौं यसैपटक’ भन्ने मान्यता सहित निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्हमा मतदान गरी जनताका सपना साकार पार्न उनी जोड दिन्छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा काठमाडौं महानगरपालिकाका १२, १४, २१, २२ एवं चन्द्रागिरी नगरपालिकाका १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका ६, ७, ८, ९, १० नम्बर वडाहरु समेटिएका छन् । यस क्षेत्रमा करिब ७२ हजार मतदाताहरु छन् । जसमध्ये करिब २२ हजार मतदाता काठमाडौं महानगर अन्तरगत १४ नम्बर वडामा नै बसोबास गर्दै आएका छन् ।

काठमाडौंका जनताहरुले अहिले पनि सही तवरको व्यवस्थापन पाउन नसकेको र जनजीवन कष्टकर रहेको स्थितिलाई राम्रोसँग विचार गरेर जनतालाई प्रत्यक्ष रुपमा पृथकता अनुभुति गर्ने गरी सेवाप्रवाहमा चुस्तदुरुस्तता कायम गर्न आफू सफल हुने प्रधानको दावी छ ।

९ नम्बर वडामा सम्भावना भएर पनि अघी आउन नसकेको पर्यटन क्षेत्रलाई माथि उठाउने कार्यक्रम, कला संस्कृतिहरुको जगेर्ना, युवालाई सीप सहित रोजगारमा संलग्न गराउने लगायतका विविध योजना सहित अघी बढेका प्रधान मुलुकमा न्याय प्रणालीलाई बलियो बनाई सबैको भलो हुने गरी नयाँ कार्यक्रमहरु अघी बढाउन आफू नीतिगत सुधार तथा कार्यान्वयनमा केन्द्रित रहने समेत दावी गर्छन् ।

अहिले सम्म मुलुकले सही गति लिन नसक्नुमा नीतिगत तहमा रहेका व्यक्तिहरु नै भ्रष्टाचारमा रमाउने परिपाटी रहेको र यस प्रथाले विकसित रुप लिँदै जाँदा सबैतिर विकृति, विसङ्गति बढ्दै गएको प्रति लक्षित रही त्यस किसिमको परिपाटीलाई तोड्नुपर्ने आवश्यकता नै अहिलेको मुख्य आवश्यकता रहेको समेत प्रधानको ठहर छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.