काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा छलाङ आएको छ । माइक्रोफाइनान्सले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६१.७९ प्रतिशतले बढेको छ ।
माइक्रोफाइनान्सले चालु आवको असोज मसान्तसम्ममा ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ४३ लाख रुपैयाँ बढी हो । माइक्रोफाइनान्सले गत वर्षको पहिलो त्रैमासमा ३ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्ल्ख्य वृद्धि भएसँग्ै माइक्रोफाइनान्सको खुद नाफामा छलाङ आएको हो । समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी दोब्बरले बढेर १२ करोड १ लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ४ करोड बढेर ११ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा माइक्रोफाइनान्सले ९ अर्ब २१ करोड सापटी लिई १० अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल ९६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको रिटेन्ड अर्निङमा २७ करोड ४१ लाख र जगेडा कोषमा २२ करोड २६ लाख रुपैयाँ संचित छ ।
खुद नाफामा छलाङ मारेसँगै माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १६.३५ रुपैयाँबाट बढेर २६.४५ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५९.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.८४गुणा, खराब कर्जा शून्य प्रतिशत रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।