काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । तिहार बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक वटाको घटेको छ।
कारोबारमा आएका एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सयपत्री हाइड्रोपावरको शेयर मुल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैंकको ६ करोड १७ बढीको भएको छ । एभरेष्ट बैंकको ४ करोड ३९ लाख र नविल बैंकको ३ करोड ८० लाखको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।