काठमाडौं । शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जालमार्फत शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
शताब्दी पुरुषकाृे खबरले आफू दुःखी भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने उल्लेख गरेका छन्। उनले लखेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ।’
प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
संस्कृतिविद् जोशीको आइतबार बिहान ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
छिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।