काठमाडौ । नेकपा एमाले नुवाकोटको दुप्चेश्वर गाउँपालिका कमिटिका नेता तथा कार्यकर्ताले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी सहितको पत्र पाटीका अध्यक्ष बद्री मैनालीलाइ बुझाएका छन ।
‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा ११ नेता तथा कार्यकर्ताको सामूहिक राजीनामा सहितको हस्ताक्षर छ ।
जनताको हितको प्रतिनिधित्व गर्ने पार्टी भनिएतापनि व्यक्ति वादी चरित्र हावी हुन गई चरम गुट उप गुटको दलदलबाट फसेको र पार्टी आम कार्यकर्ता, शुभेक्षुक र जनसमुदायको भावना विपरीत व्यक्ति केन्द्रीत भइ उम्मेदवार चयन गरिएको हुना यस प्रकारको अवसरवाद र अराजकता मौलाउदै व्यक्ति व्यक्तिका राजनिती समाप्त पार्न षडयन्त्रका कारण पार्टीमा रहि काम गर्न सक्ने बातावरण नभएको हुँदा पार्टिका साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिने घोषण गरेको नेता तथा कार्यकर्ताले राजीनामा नोटिसमा उल्लेख गरेका छन् ।
यस्तो छ राजीनामा पत्र
बद्री मैनाली ज्यु
अध्यक्ष नेकपा एमाले नुवाकोट
बिषय : राजिनामा साम्बन्धमा ।
प्रस्तुत बिषयमा नेकपा एमाले नुवाकोट जिल्ला कमिटि दुप्चेश्वर गाउँपालिका कमिटि तथा वडा कमिटिमा विभिन्न जिम्मेवारीमा रहि पार्टीको निर्देशन लाई सिरोधार्य गर्दै र आफु मातहतका साथिहरुको बिचारको उच्च कदर गर्दै अत्यन्तै सकृयता पुर्वक पार्टी संगठन निर्माण र संगठनका गतिविधि निरन्तर सञ्चालन गर्दै आयौँ। नेकपा एमाले को संगठन सञ्चालन विधि र प्रक्रिया, आन्तरिक लोकतन्त्र ,अनुसासन ,आपसि मर्यादा, कार्यकर्ता को बिचारको कदर , संगठन केन्द्रीत एवं जनउत्तरदायि गतिविधिमा जोड ,पार्टी सिद्धान्त नीति मातहतका साङ्गठनिक बिचारको कदर ,भ्रस्टाचार नगर्ने र गर्न नदिने , सुशासन र उच्चतम बिकासको अवधारणालाई पार्टीको बिषेसता एवं अवलम्बित नीतिको रुपमा बिस्वास गर्दै आएका थियौँ।
तर पार्टी केन्द्र देखि नै देखिएको कसैको देबत्वकरण र कसैप्रती कसैको कुण्ठायुक्त व्यवहार , बिचौलिया प्रवृत्ति, निष्टानवान इमान्दार लाई बिस्तापित र बिचौलिया प्रवृत्ति स्थापित सांगठनिक गतिबिधिमा हुकुमि शैली र भागवण्डा मा जिम्मेवारी प्रत्यायोजन शैली पार्टीको प्रदेश हुँदै जिल्ला देखि तलका तहमा समेत देखियो । जसका कारण पार्टीका सोझा निष्टावान इमान्दार अवसर नहेरि वास्तविक जनसेवक बन्न चाहाने पदका लागि चाप्लुसि नगर्ने र वास्तविक बोल्नेहरु पछाडि सारिदै गए । घुर्कि बार्गेनिङ र चाकरि गर्नेहरु ,वरिपरि रहनेहरु ,दैनिक गलत रिपोर्टिङ गरेर आन्तरिक कलह बढाउनेहरु ,बैचारिक हैसियत नरहेका , ब्यक्ति केन्द्रित राजनिति गर्नेहरु, निष्टा इमान नभएका नैतिक र राजनैतिक चरित्र गुमाएका हरुलाई अगाडि सारिदै गए।
माक्र्सवाद लेलिनबाद देखि हामि आफैमा बिचार जनसेवाको चाहाना र आफ्नो कार्यक्षेत्र स्तर र समग्र राष्ट्र को बिकासको अवधारणा बोकेर राजनितिमा होमिएका हामी राम्रो नराम्रो सत्य असत्य आवस्यक अनावस्यक जिम्मेवार गैरजिम्मेवार असल खराब केहि बिचार गर्नसक्ने निर्णय लिनसक्ने र सहि मार्गमा अगाडि बढन सक्ने आफ्ना मार्गलाई समुचित एवं सन्तुलित राख्नसक्नै नै थियौँ । तर हामिहरुलाई जब उचित मुल्यांकन र निर्णय गर्ने समय आयो त्यसै समय निरिह बनाउने भनौ कि झोले कार्यकर्ता हो त्यस्तै बनाउने निरन्तर प्रयास भयो। न कार्यकर्ताको भावनाको कदर भयो न उचित निर्णय नै । प्रदेश स्तरका देखि जिल्ला स्तर सम्मका नेता आपसि द्वन्द्व सृजना गर्ने बाटोमा लाग्ने परिपाटि ले हद नाघ्यो र पार्टीमा आजीवन पार्टीको निम्ति हर समय निस्वार्थ सेवा गरेका पुराना कार्यकर्ता माथि बोलिएका सबले राजिनामा दिनुस अर्को कमिटि बनाउँछु म त्या जस्ता शव्दले विझाएर उमेर पाकेका स्थानिय नेता कार्यकर्ताको आँखाबाट झरेको आँसुले हामिलाई अझैपनि अवसरबादिको चङ्गुलले स्वस्च बिचारमाथि दाँइ गरेको हेरे बस्न दिएन । यहाँहरुको यस्तै कार्यसैलि ले माक्र्सवाद लेलिनवादको त कुरा नगरौँ त्यो यहाँहरुलाई जानकारि हुने कुरै रहेन जनताको बहुदलिय जनवाद र मदन भण्डारि ले अघिसारेका प्राथमिकतामा जनता रहनुपर्ने हरेक नीति पैसाको रापमा पोलेर खाने काम भयो। बोराको केही आलु बिग्रँदा केही बिग्रेको आलु फालेर बाँकि सबैलाई बोरा मै राख्न सकिन्छ । तर बोराको अधिकांस आलु बिग्रियो भने बिग्रेको जति बोरा मै छोडेर नबिग्रेको मात्रै निकल्नुपर्ने हुन्छ । हो हामी चरम अवसरवाद र भ्रष्टाचार को बिरुद्ध सुशासन को निर्माणका लागि जुटेका हाम्रो बिचारका विच अवसरवादि र चरम भ्रष्टाचारि लाई संरक्षण गर्न उद्दत रहेको यहाँहरुको प्रबृत्ति लाई टुलुटुलु हेर्दै तालि बजाउँदै र जयजयकार गर्दै हिडन समर्थ भएनौँ ।तपाईहरुका व्यक्तिकेन्द्रित आचरण र संगठन ध्वस्त पार्ने शैली अनुसरण गर्न सकेनौँ ।अझै अर्को कोणबाट भन्दा संगठन ध्वस्त पार्न लाग्नुभएका तपाईहरुको बिचार बिपरित धारणा राख्दै सबल संगठन र नीति अबलम्बन गरेर आदरणिय नेत्रित्व हरुको बिपरित लाग्न रहर लागेन। त्यसैले तपसिल बमोजिमका हामी संयुक्त रुपमा नेकपा एमालेमा रहेको आ-आफ्नो जिम्मेवारी तथा साधारण सदस्य समेत नरहने गरि एवं एक स्वतन्त्र नागरिक का रुपमा मात्र रहनेगरि राजिनामा पेस गर्दछौँ ।
सन्च तामाङ -जिल्ला कमिटि सदस्य एबं नि ब वडा अध्यक्ष
वसन्त धिताल -सचिब दुप्चेश्वर गा पा कमिटि
राजेन्द्र थापा -इन्चार्ज वडा नं ६
मनोहर सिटोैला - अध्यक्ष दुप्चेश्वर काठमान्डौ सम्पर्क समिति
नर बहादुर तामाङ -गा पा कमिटि सदस्य
प्रकाश डङ्गोल -वडा कमिटि सचिब दुप्चेश्वर ६
नर बहादुर तामाङ -वडा कमिटि सचिब दुप्चेश्वर ३
उज्वल के सि -वडा कमिटि सदस्य दु्प्चेश्वर ३तथा वडा सदस्य प्रत्यासि
रण बहादुर ठकुरी -वडा कमिटि उप सचिव दुप्चेश्वर ५
अजय तामाङ - गा पा कमिटि सदस्य
जितेन्द्र तामाङ- गाउँपालिका कमिटि सदस्य
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।