add

झिनो अंकले बढ्यो नेप्से, परिसुचक १८३७ अंक पुग्दा ४८ करोड ५४ लाखको कारोबार






ActPro Nepal

|

१२ असोज, २०७९

|
420

काठमाडौं ।   बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा आज झिनो अंकले बढेको छ ।

साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ६.४१ अंकले बढेर १८३७.४६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२१ कम्पनीको ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँ बराबरको १३ लाख ७० हजार ४४७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार ६६ करोड ३० लाख १३ हजार बराबरको कारोबार भएको थियो । एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । मन्दाबिनी हाइड्रोपावरको शेयरमुल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ४ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ । नबिल बैंकको २ करोड ६९ लाख र रिडीको २ करोडको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.