add

एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ






ActPro Nepal

|

५ असोज, २०७९

|
1054

काठमाडौं । पोखराको लेखनाथस्थित अघौँ चोकमा एटीएम मेसिन फुटाएर पैसा निकालेर भागेका एक युवा समातिएको एक महिना नपुग्दै सोमबार राति पोखराको लेकसाइडमा एटीएम मेसिन फुटाउँदै गरेको आरोपमा अर्का एक युवा पक्राउ परेका छन्। 

पोखरा–६ बैदामस्थित बाराही चोकको एनएमबी बैंकको एटीएम मेसिन फुटाउँदै गरेको आरोपमा धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भई पोखराको बगालेटोलमा बस्दै आएका २५ वर्षीय मनोज कुमाललाई कास्की प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कुमाललाई एटीएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञान खड्काले जानकारी दिए। कुमाललाई जिल्ला अदालत कास्कीबाट म्यादथप गरी घटनाका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

त्यसैगरी सोमबार दिउँसो पोखराको नयाँबजारस्थित कृषि विकास बैंकको एटीएम मेसिनभित्र लामो समयसम्म एटीएम मेसिन चलाइराखेको अवस्थामा उजुरी परेपछि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ तर उनीहरुको साथबाट भने कुनै हतियार फेला नपरेको कास्की प्रहरीले जनाएको छ। ती दुई युवाका बारेमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.