add

राष्ट्रिय खेलकुदको ट्रफी हेटौंडामा प्रदर्शन






ActPro Nepal

|

४ असोज, २०७९

|
502

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ। ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्य सम्मिलित टोलीले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडामा प्रदर्शन गरेको हो।

ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए। त्यसपछि ट्रफीलाई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा पुर्‍याइएको थियो। ट्रफीलाई मधेश प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिने छ। ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पुर्‍याइने छ।

राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफि प्रर्दशनका अवसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेललगायत प्रदेशका मन्त्री देखि बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीका साथै खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरेको हो। ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.