काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ७७ वटै जिल्लाको मतदान केन्द्र र निर्वाचन क्षेत्रका मतदाता सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको संख्या अनुसार कुल मतदाता १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।
आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ ।
यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
आयोगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको छ । यसमा महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि समेटिएको जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।