add

कांग्रेसले बुझायो समानुपातिक तर्फको बन्दसूची






ActPro Nepal

|

३ असोज, २०७९

|
537

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह निर्वाचन आयोगलाई समानुपातिक तर्फको बन्दसूची बुझाएको हो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय 'डिना' जीवन परियार लगायत नेताहरू बन्दसूची बुझाउन आयोग पुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । 

कांग्रेस महामन्त्री शर्माले निर्वाचनलाई रेस्लिङको मैदान बनाउन नहुने बताए ।यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि समानुपातिक तर्फको बन्दसूची आयोग समक्ष बुझाएको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्दसूची बुझाउन असोज २ र ३ गते समय दिएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.