काठमाडौं । भुटानको निजी क्षेत्रको वायुसेवा प्रदायक भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ ।
कोरोना महामारीका कारण रोकिएको यस रुटमा एयरलाइन्सले अढाई वर्षपछि पुनः उडान सुरु गर्न लागेको हो । आगामी अक्टोबर १ तारिख (असोज १५ गते)देखि यस रुटमा साताको दुई उडान गर्ने एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सका अनुसार हरेक आइतबार र बुधबार यस रुटमा उडान हुनेछ । भुटानको पारोबाट काठमाडौं आउने जहाज काठमाडौंबाट दिल्ली जाने छ । दिल्लीबाट काठमाडौं आउने सो जहाज काठमाडौंबाट पारो उड्ने गरी रुट तय भएको कम्पनीले जनाएको छ ।
कोरोना प्रभाव कम हुँदा जानु र नेपालमा पर्यटकीय सिजन सुरु भएकाले भुटान एयरलाइन्सले काठमाडौं उडान विस्तार गरेको हो । भुटान एयरलाइन्स तासी एयर अन्तर्गत संचालित निजी वायुसेवा कम्पनी हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।