add

चिनियाँ जनकंग्रेसका अध्यक्ष स्वदेश फर्किँदै : काठमाडौंका यी सडक प्रभावित हुने






ActPro Nepal

|

३० भदौ, २०७९

|
622

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन् ।

सोमवार ६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष ली बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका रहेको छ । यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा गाडीको आवागमन प्रभावित हुनेछ ।

रवि भवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल र एअरपोर्टसम्म गाडीको आवागमन रोकिने छ ।

यो समयमा यो सडक प्रयोग गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.