add

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता






ActPro Nepal

|

२८ भदौ, २०७९

|
502

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा साेमबार भेटवार्ता भएको हो । नेपालका लागि अमेरिकी राजदूत बेरीले आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता जान लागेको अवसरमा साे भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा प्रधान सेनापति शर्माले  राजदूतले बेरीले पूरा गर्नुभएको सफल कार्यकालका लागि बधाई दिनुभएकाे थियाे । उहाँलले सुखद् भविष्यका लागि बेरीलाई शुभकामना समेत दिनुभएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएकाे नेपाली सेनाले जनाएकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.