add

माओवादी उपाध्यक्ष महरा दाङ २ बाट उम्मेदवार सिफारिश






ActPro Nepal

|

२७ भदौ, २०७९

|
427

दाङ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा दाङ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिश भएका छन्।

माओवादीले क्षेत्र नं २ को बैठकले महरालाई उम्मेदवार सिफारिश गरेको हो। उनीसँगै स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिश भएको माओवादी नेता शेसुराम भण्डारीले बताए।

२०७४ सालमा भएको निर्वाचनमा महरा यहि क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै, शर्मा समानुपातिक सांसद हुन्।

आचार्य भने २०७० सालको निर्वाचनमा यहि क्षेत्रबाट चुनाव लडेका थिए। उनी पराजित भएका थिए।

यो क्षेत्रबाट नेकपा (एमाले) ले महासचिव शंकर पोखरेललाई एकल उम्मेदवार सिफारिश गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेलार्य उम्मेदवार सिफारिश गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.