काठमाडौं । एक गोलले पछि परेको अवस्थामा गोल गर्दै लुइस डियाजले घरेलु मैदानमा लिभरपुललाई हारबाट जोगाएका छन्। सोमबार राति एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको हो।
प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमै क्रिस्टलका वेलफ्रिड जाहाले गोल गर्दै पाहुना टिमलाई एक गोलको अग्रता दिलाएका थिए।
त्यसबीच खेलको ५७औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। प्रिमियर लिगमा अघिल्लो हप्ता मात्र डेब्यू गरेका र घरेलु मैदानमा डेब्यूको दिन नै नुनेज डार्विनले विपक्षीको पेनाल्टी बक्समा खेलाडी लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।
बिबिसीका चिफ फुटबलराइटर फिल म्यानल्टले उनलाई अनुशासन नभएको खेलाडीको संज्ञा दिएका छन्। १० खेलाडीमा समेटिएको केहि मिनेटमै लिभरपुलले गोल फर्काएको थियो। यो बराबरीपछि लिभरपुलले लिगको सुरुआति दुई खेलमा चार अंक गुमाएको छ। उसले अहिलेसम्म दुई अंक मात्र जोड्न सफल भएको छ। पहिलो खेलमा पनि उसले फुलहामसँग बराबरी खेलेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।