कांग्रेस निकट महिला संघको अध्यक्षमा उषा राउत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा कुमारी राउत मिश्र नियुक्त भएकी छिन् ।

नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषा कुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।