add

एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन






ActPro Nepal

|

२४ साउन, २०७९

|
912

काठमाडौं ।  संघ र प्रदेश निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले आफ्नो तयारी थालेको छ।

नेपाल प्रहरीले निर्वाचनको सुरक्षा योजना तयार गर्नका लागि कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको कमाण्डमा निर्वाचन सेल गठन गरिएको हो। 

यसअघि स्थानीय तहको निर्वाचनमा पनि थापाकै नेतृत्वमा चुनावी सुरक्षा योजना बनेको थियो। चुनावी सेलमा कार्य विभागकै डीआईजी वसन्त कुँवर लगायत सदस्य छन्। थापा नेतृत्वको टिमले अब निर्वाचन आयोगसँग समन्वय गरेर मतदान केन्द्रको सुरक्षा योजना तयार गर्ने बताइएको छ। 

एआईजी थाप नेतृत्वको टोलीले देशभरका मतदान केन्द्रका लागि प्रहरी परिचालनको व्यवस्थापन, आवश्यक गाडी घोडा र निर्वाचन सुरक्षाका लागि आवश्यक सामाग्री, हातहतियारलगायत आवश्यक व्यवस्थापनको योजना तयार गर्ने जिम्मेवारी पाएको छ। 

यही सेलले नेपाली सेनासँग र सशस्त्र प्रहरीसँग पनि समन्वय गर्नेछ। केन्द्रीय सेलले चुनावका लागि आवश्यक म्यादी प्रहरीको विषयमा पनि टुंगो लगाइने छ। यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरिएको थियो। आगामी निर्वाचनमा त्यो भन्दा बढी म्यादी भर्ना गर्ने सरकारको तयारी छ। सरकारले संघ र प्रदेश निर्वाचन मंसिर ४ गते एकै चरणमा देशभर गर्ने योजना बनाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.