add

स्थानीय तह चुनावमा ५ अर्ब ४ करोड खर्च






ActPro Nepal

|

११ साउन, २०७९

|
763

काठमाडौं । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोगले कुल ५ अर्ब ४ करोड ३ लाख रुपैयाँ खर्च गरेको छ।

निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ विनियोजन गर्दै रकम निकासा गरेको थियो। जसमा ५ अर्ब ४ करोड रुपैयाँ मात्रै खर्च भएको आयोगले जनाएको छ।

आयोगले खर्च नभएको ३ अर्ब ६ करोड रुपैयाँ फिर्ता गरेको जनाएको छ। यो खर्च २०७४ सालको स्थानीय तहको निर्वाचनको खर्चभन्दा २ अर्ब कम हो। २०७४ स्थानीयत तहको चुनावमा अयोगले ७ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको थियो।

स्थानीय तहको चुनाव २०७९ मा निर्वाचन आयोगको सचिवालयले १ अर्ब २ करोड, ७५३ नै स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड, ७७ जिल्ला निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख, गृह मन्त्रालयबाट ढुवानीका लागि ४ करोड ५ लाख र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत १ करोड ४५ लाख रुपैयाँ खर्च भएको आयोग जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.