add

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम,३० प्रतिशतले घट्यो आगमन






ActPro Nepal

|

२१ असार, २०७९

|
888

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) महामारीको जोखिमका कारण सन् २०२२ मा पर्यटक आवागमनमा गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार २०१९ को तुलनामा २०२२ मा ३० प्रतिशतले पर्यटक आवागमन घटेको छ । २०२२ को ६ महिना (जुन)मा २०१९ को तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या ३०.७ प्रतिशतले घटेको हो ।

सन् २०२० को शुरुवाती महिनाबाट कोरोना भाइरसको महामारी देखिन थालेको थियो । यसको प्रभावले हालसम्म पनि पर्यटक आगमन निकै खस्किएको तथ्यांकले देखिएको छ ।

२०२२ को जुन (असार १६०) सम्म ४६ हजार ९५७ पर्यटक नेपाल प्रवेश गरेको पर्यटन बोर्डको तथ्यांक छ । जबकि २०१९ को सोही अवधिमा ६१ हजार ३५१ पर्यटक नेपाल प्रवेश गरेका थिए ।

कुन देशबाट कति पर्यटक आए ?

२०२२ मा एसियाली सार्क मुलुकबाट २६ हजार ३० पर्यटकले त्रिभुवन विमानस्थल हुँदै नेपाल आवगमन गरेका छन् । समिक्षा अवधिमा २४ हजार ५५७ पर्यटक नेपाल भित्रिएका थिए ।

एसियाली सार्क देशबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या ५।७ प्रतिशतले बढेको देखिन्छ । बोर्डका अनुसार अन्य एसियाली राष्ट्र चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, मियान्मार, थाइल्याण्ड जस्ता देशबाट २०२२ मा २ हजार ३६९ मानिसहरु नेपाल भित्रिएका छन् ।

२०१९ को सोही समयमा यी देशहरुबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या १३ हजार रहेको थियो । युरोपेली मुलुकबाट २०२२ मा ४ हजार ७८७ पर्यटक भित्रिएका छन् । २०१९ को जुनसम्म उक्त देशबाट नेपाल भित्रिने पर्यटकको संख्या ७ हजार ५९ रहेको थियो ।

२३ जेठ २०७६ मा भक्तपुर दरबार स्क्वायर घुम्न पुगेका पर्यटक । तस्वीर : माेनिका देउपाला ।
अष्ट्रेलीया, न्यूजील्याण्डबाट नेपाल भित्रिने पर्यटकको संख्या पनि यो पटक घटेको छ । २०२२ को जुनसम्ममा १ हजार ५४९ पर्यटक नेपाल प्रवेश गरेका छन् । २०१९ मा यी देशहरुबाट नेपाल भित्रिने पर्यटकको संखया १ हजार ९९१ रहेको त्रिभुवन विमानस्थलको तथ्यांकले देखाएको छ ।

अमेरिकी मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या २०२२ मा ३ हजार २४२ रहेको छ । २०१९ को सोही अवधिमा अमेरिकी मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या ५ हजार ९५३ रहेको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.