add

प्रविधिको विकासले फोटोग्राफीमा आमूल परिवर्तन ल्याएको छ






ActPro Nepal

|

१४ असार, २०७९

|
1192

काठमाडौं । प्रविधिको विकासले मानिसका कामका तौरतरिकाहरुमा व्यापक अहिले व्यापक सहज र सुविधासम्पन्न बनाइदिएको छ । समयक्रम अनुसार विश्वभर प्रविधि परिष्कृत बन्दै जाँदा त्यसको लाभ नेपाललाई पनि प्राप्त हुँदै आएको छ । विज्ञान र प्रविधिको विकाससँगै सूचना र प्रविधि क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरु विकास हुने क्रम अत्यन्तै तीव्र छ । प्रविधिमा भएको तीव्र विकासले मानवीय क्रियाकलापहरुलाई अत्यन्तै सहज बनाउँदै लगेका छन् । पछिल्ला २ दशकको अन्तरालमा प्रविधिमा भएको विकासको कारण फोटोग्राफी क्षेत्रमा पनि अकल्पनीय परिवर्तन सम्भव भएको छ ।

नेपालमा रहेर लामो समय पहिले फोटोग्राफी क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएका राजेन्द्र शाक्य प्रविधिको विकासले फोटोग्राफी क्षेत्रलाई पनि नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुहुन्छ । विगत ३–४ दशक देखि फोटोग्राफी पेशामा संलग्न रहँदै आउनुभएका शाक्य प्रविधिको विकासले मानवीय व्यवहारमै परिवर्तन ल्याएको बताउँदै हरेक पेशाव्यवसायमा संलग्न व्यक्तिहरु प्रविधिको विकाससँगै आफू पनि परिष्कृत हुँदै जानुपर्ने बताउनुहुन्छ ।

फोटो व्यवसायमा आएको परिवर्तन

व्यवसायी राजेन्द्र शाक्यका अनुसार कुनै दिन आफूले रिलयुक्त क्यामरा मार्फत खिचेको रङ्गिन फोटो धुलाई र प्रिन्टको लागि जहाजबाट बैंकक र हङकङ पठाउनुपथ्र्यो । त्यसरी उत्पादन हुने फोटोको लागत उच्च पर्नु स्वभाविकै थियो । फोटो खिचेर धुलाउन हङकङ पु¥याएको फोटो जहाजसँगै नेपाल फर्किने गथ्र्यो । त्यतिबेला फोटोग्राफीमा मानिसहरुको रुचि कम हुनु पनि अस्वभाविक भन्न मिल्दैन । ६० को दशक तिर फोटो व्यवसायमा मानिसहरुको आकर्षण ह्वात्तै बढ्यो । त्यतिबेला सम्म एण्ड्रोइड मोबाइलबाट हात–हातमा आफ्नो रुचि अनुसार विभिन्न डिजाइनमा फोटो खिच्ने प्रचलन शुरुवात भइसकेको थिएन । समयक्रम अनुसार विभिन्न मल्टिमिडिया सुविधा सहितका एण्ड्रोइड फोनहरुको विकास भयो । यसले फोटो व्यवसायलाई अर्कै दिशामा मोडिदियो । सञ्चालनमा रहेका थुप्रै फोटो व्यवसायीहरु विस्थापित हुनुप¥यो । तुलनात्मक रुपमा फोटो व्यवसाय मात्रै गर्ने निकै कम व्यक्तिहरु मात्र यस व्यवसायमा टिक्न सके । टेलिफोन, फोटोकपी, प्रिन्ट एवं इन्टरनेट सेवाप्रदायक साइबर पसलहरु अधिकांश विस्थापित भए । सञ्चालनमा रहेका यी क्षेत्रका व्यवसायीहरु अहिले पनि परम्परागत तवरले मात्रै टिक्न नसक्ने अवस्था छ । प्रविधिसँगै परिष्कृत हुँदै केही पृथक तवरले काम गर्न मानिसलाई परिमार्जन हुँदै आएका नयाँ प्रविधिले नै सिकाउँदै लगेका छन् । पछिल्लो समय युवा पुस्ता समेत फोटोग्राफीमा रमाउन थालेका छन् । युट्युब एवं अन्य प्रशिक्षण प्रदायक संस्थाहरुले सहज रुपमा फोटो तथा भिडियो सम्बन्धी सिकाउन सक्ने अहिलेको अवस्थामा फोटोग्राही पुन आकर्षणको क्षेत्र बन्दै गएको छ ।

नयाँ प्रविधिले डिजिटल युगमा प्रवेश गरायो

आफ्ना बुबा पूर्ण शाक्यले आफ्नै नाममा सञ्चालनमा ल्याएको पूर्ण फोटो नामक व्यवसायका सञ्चालक राजेन्द्र शाक्य आफ्नो जीवनकालमा झण्डै ४ दशक फोटो व्यवसायमा संलग्न रहने क्रममा विभिन्न प्रविधिहरुलाई नजिकबाट अनुभव गर्नुभएको छ । व्यापारिक हिसाबले व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था सृजना भएपनि फोटो क्षेत्रमा भएको विकासले विश्वलाई डिजिटल युगमा अघी बढाउनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको शाक्य बताउनुहुन्छ ।

आफूले कुनै बेला निकै कष्ट सहेर फोटो उत्पादन गर्नुपर्ने अवस्था थियो । पहिले रिलमा नेगेटिभ तयार गरी रातीको समयमा बन्द कोठाभित्र कुनै प्रकाश प्रवेश नहुने सुनिश्चितता भएपछि मात्रै फोटो उत्पादन गर्नुपथ्र्यो । लामो समय लाग्थ्यो । फोटो खिचेपछि कुनै स्वरुप, प्रकाश, उज्यालो अँध्यारो पनि परिमार्जन नगरी फोटो निस्कने गथ्र्यो । अहिले फोटोसप लगायतका आधुनिक सफ्टवेयर मार्फत चाहेको बेला तत्काल आफ्नै मेसिनबाट फोटो प्रिन्ट गर्न सकिने स्थिति छ । प्रविधिका अन्य क्षेत्रहरु जसरी नै फोटो विकासको लागि अहिले जुन प्रविधिहरु विकास भएका छन्, यी प्रविधिलाई वैज्ञानिक खोज र भौतिक विकासबाट प्राप्त वरदान मान्नुपर्छ ।

यथार्थ र सजीव चित्रणको माध्यम नै फोटो

अहिले कुनै घटना, स्थान वा वस्तुस्थितिको यथार्थ चित्रणको लागि फोटो सजीव चित्रण बन्ने गरेको छ । सामान्यतया कुनै तथ्याङ्कमा परिमार्जन नभई यथार्थ स्थितिको जानकारी गराउने फोटोले हजारौं शब्दबाट व्यक्त नहुने कुराको रहस्य क्षणभरमा खोलिदिन्छ । कुनै कुराको व्याख्या गर्नको लागि वा बालबालिका र विद्यार्थीलाई सिकाउनको लागि समेत फोटोलाई प्रभावकारी विकल्पको रुपमा अहिले शिक्षणसंस्थाहरुले अपनाउने गरेका छन् ।

फोटो प्रकाशनको विगतको अभ्यास र अहिलेको परिवर्तन

विगतमा क्यामराले फोटो खिचिसकेपछि रिललाई पूर्ण अन्धकारयुक्त रातमा बन्द कोठामा कुनै किसिमको प्रकाश नछिर्ने गरी केही रसायनहरुमार्फत विकास गर्नुपर्ने हुन्थ्यो । फोटो धुलाउने क्रममा २–३ किसिमका रसायनहरु प्रयोग गर्ने प्रचलन थियो । त्यसरी नेगेटिभबाट फोटो तयार गर्न आधा देखि एक घण्टा सम्म समय लाग्ने गथ्र्यो । रिल धुलाईको लागि तापक्रम पहिले नै सुनश्चित गर्नुपथ्र्यो । फोटो तयार भएपश्चात् इन्डिकेटर बलेपछि फोटोलाई पानीमा धोएर सुकाउने गरिन्थ्यो । अहिले भने फोटोसप प्रोग्रामबाट विभिन्न डिजाइनका विकल्प सहित फोटो तयार गर्न सकिने सुविधा छ । आवश्यक परेको बेला तत्काल फोटो प्रिन्ट गर्न सकिन्छ । मोबाइल फोन (खासगरी एण्ड्रोइड फोन) सबैको हात–हातमा पुगेसँगै पछिको सम्झनाको लागि फोटो खिच्न स्टुडियो नै धाउने क्रम अहिले निकै नै घटेको छ । यद्यपि विभिन्न कार्यक्रमहरुको लागि औपचारिक फोटो खिच्नुपर्दा भने फोटोग्राफरकै सहयोग आवश्यक पर्छ ।

क्यामराले फोटो खिचिसकेपछि रिललाई पूर्ण अन्धकारयुक्त रातमा बन्द कोठामा कुनै किसिमको प्रकाश नछिर्ने गरी केही रसायनहरुमार्फत विकास गर्नुपर्ने हुन्थ्यो । फोटो धुलाउने क्रममा २–३ किसिमका रसायनहरु प्रयोग गर्ने प्रचलन थियो । त्यसरी नेगेटिभबाट फोटो तयार गर्न आधा देखि एक घण्टा सम्म समय लाग्ने गथ्र्यो । रिल धुलाईको लागि तापक्रम पहिले नै सुनश्चित गर्नुपथ्र्यो ।

पूर्ण फोटोको इतिहास

पूर्ण फोटो स्टुडियो ललितपुर जिल्लाको एउटा पुरानो फोटो स्टुडियो हो । यसको शुरुवात राजेन्द्र शाक्यका बुबा पूर्ण शाक्यले गर्नुभएको हो । अहिले उक्त फोटो स्टुडियो व्यवसायलाई निरन्तरता दिने काम छोरा राजेन्द्रले गर्दै आउनुभएको छ । आफ्ना बुबाले फोटो व्यवसायमा करिब २० बर्ष भन्दा बढी समय व्यतीत गरेपछि उक्त व्यवसाय आफूलाई हस्तान्तरण गरेको राजेन्द्र बताउनुहुन्छ । विगतमा फोटोग्राफी सम्बन्धी औपचारिक शिक्षा वा तालिमको लागि कुनै संस्थाहरु सञ्चालनमा नरहेको अवस्थामा राजेन्द्रले फोटोग्राफी सम्बन्धी आवश्यक सम्पूर्ण ज्ञान आफ्ना बुबाबाट नै सिक्नुभएको हो ।

महत्वपूर्ण साधन नै क्यामरा

फोटोग्राफीको लागि सबैभन्दा महत्वपूर्ण साधन भनेको क्यामरा नै हो । अहिले बजारमा विभिन्न क्षमताका क्यामराहरु उपलब्ध छन् । आफ्नो आवश्यकता एवं उपयोगिताको आधारमा क्यामरा छनौट गर्न सकिन्छ । कामको आधारमा क्यामरालाई प्रोफेसनल र सेमिप्रोफेसनल गरी २ किसिमले वर्गिकरण गर्न सकिन्छ । नेपाली बजारमा सेमिप्रोफेसनल क्यामेरा अढाई–तीन लाख देखि ५–६ लाख रकम सम्मको मूल्यमा उपलब्ध हुने गर्छन् । साथै आफ्नो आवश्यकताको आधारमा उपयुक्त लेन्स छनौट गर्न सकिन्छ । हाल राजेन्द्रले आफ्नै घरमा स्टुडियो राखेर २ ओटा क्यामरा मार्फत फोटो व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.