काठमाडौं । वायु सेवा सञ्चालक समितिले हवाई भाडा बढाउने निर्णय गरेका छन्।
वायु सेवा सञ्चालक समितिले बुधबार देखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको जनाइएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जनाइएको छ । वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ।
काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।
त्यसैगरी काठमाडौं-भद्रपुर ५७० ले बढेको छ भने काठमाडौं(विराटनगर ४५५ ले बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।