काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।
‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन ।’
उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास दिलाए । सम्मेलन सोमबारसम्म चल्ने छ ।
उनले २००३ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापित नेपाल ट्रेड युनियन महासंघले श्रमिकका हकअधिकारबारे धेरै काम गरेको बताए । देउवाले अहिलेको आर्थिक परिस्थिति रुस–युक्रेन युद्धले सिर्जना गरेकोसमेत बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।