add

वैदिक सनातन धार्मिक महासंघमा सुवेदी निर्वाचित !






ActPro Nepal

|

२२ जेठ, २०७९

|
747

काठमाडौं । वैदिक सनातन धार्मिक महासंघको तेस्रो राष्ट्रिय भेला कार्यक्रम बाट दोर्ण सुवेदी निर्वाचित भएका छन् । राष्ट्रवादी केन्द्र नेपालको भातृ सङ्गठन वैदिक सनातन धार्मिक महासंघले काठमाडौँस्थित आर. बी. होम पार्टी प्यालेस चाबहिलमा एघार सय धार्मिक प्रतिनिधित्व बाट सुवेदी लाई अध्यक्षमा चयन गरिएको छ ।

राष्ट्रिय भेला बाट अध्यक्षमा दोर्ण सुवेदी , बरिस्ठ उपाध्यक्षमा श्याम केसी , उपाध्यक्षमा विदुर वाग्ले , बाल मुकुन्द देवकोटा , चिरञ्जीवी न्यौपाने , प्रेम बस्नेत , सुदर्शन सिग्देल , बाबु रत्न महर्जन , चन्द्रबहादुर तामाङ रहेका छन् ।

यस्तै महासचिव वसन्त तिम्सिना , उपमहासचिवमा हरि शरण सिलवाल , कमल गौतम , गोकुल लुइँटेल , गायत्री खरेल छन् भने सचिवमा ध्रुव अधिकारी , सुशीला नेपाल , भवानी शङ्कर गौतम , सरिता केसी , सुख चन्द्र लाल कर्ण , डा. यादव प्रसाद गरतौला, लक्ष्मण गुरुङ , गुरु बाल सन्त रहेका छन् ।

कोषाध्यक्षमा गोपाल आचार्य सहित ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रबहादुर थापाले सदियौँ देखी चलिआएको वैदिक सनातन धर्म सङ्कटमा परेको र विदेशी प्रभाव दिनप्रतिदिन उत्तिकै बढ्दै गएको हुँदा नेपाल लाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर्न जुनसुकै लडाइ लड्नु परेपनि तयार रहेको बताए ।

भेला कार्यक्रम लाई केही केन्द्रीय नेतृत्वले सम्बोधन गरेका थिए । वैदिक सनातन धार्मिक महासङ्घको केन्द्रीय अध्यक्षमा युवा चयन भएकोमा भेलामा उपस्थिति सम्पूर्ण प्रतिनिधि खुसी भएको महसुस गरेका थिए ।

नव निर्वाचित कार्यसमिति लाई शुभकामना दिनुहुने उप प्राध्यापक तथा पूर्व सांसद भिक्षु आनन्द भन्ते , वाल्मीकि क्याम्पसका प्राध्यापक नमराज कटेल , राष्ट्रवादी केन्द्र नेपालका प्रवक्ता शैलेन्द्र महत , सहप्रबक्ता साधुराम महर्जन , विशेष विशेष ब्युरो डा. प्रशान्त पाण्डे लगायत केही ब्याक्तीहरुले शुभकामना दिएका थिए ।

पहिलो चरणको भेला कार्यक्रमको सञ्चालक दोर्ण सुबेदीले गरेका थिए भने दोस्रो चरणमा वसन्त तिम्सिनाले गरेका थिए । कार्यक्रमको संयोजक बिन्दु केसीले गरेका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.