add

एकीकृत समाजवादीको बैठकमा मन्त्री हेरफेरबारे छलफल






ActPro Nepal

|

२२ जेठ, २०७९

|
550

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ।

पार्टीको सचिवालयको दोस्रो दिन आइतबार बिहान बसेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए।

‘पहिला ६ महिनाका लागि पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो, त्यो विषयमा बैठकमा कुरा उठेको हो,’ उनले भने, ‘उहाँहरूको कामको समीक्षा हुन्छ। उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गेर पनि समझदारी बनाउनुहुनेछ। फिर्ताबारे निर्णय नै चाहिँ भइसकेको छैन।’

पार्टीले फिर्ता बोलाएको अवस्थामा स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको राज्यमन्त्रीबाट हट्नेछन्। 

मन्त्री फिर्ता गरिएको अवस्थामा रिक्त ठाउँमा कसलाई पठाउने भन्ने विषयमा कुनै सूचना सार्वजनिक भएको छैन।

त्यस्तै विपद व्यवस्थापनमा परिचालित हुन केन्द्रदेखि वडासम्मका नेताकार्यकर्तालाई परिचालित गर्ने निर्णय भएको पनि उनले बताए।

‘यसवर्ष पनि मनसुनी विपद् हुनसक्ने देखिन्छ। मौसविद्हरूले औषधभन्दा बढी वर्षा हुन्छ भनिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसका लागि हामीले पार्टीका केन्द्रीय नेताहरूदेखि संगठित सदस्यसमेत गरेर सबै तहका कमिटीलाई पूर्व तयारीमा खटाउँछौं।’

उनले विपद् निम्तिएको अवस्थामा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाको काममा पनि पार्टीपंक्तिलाई परिचालन गरिने जानकारी दिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.