काठमाडौं । सरकारले श्रम स्वीकृति काठमाडौंबाहिरबाट पनि उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७९-८० को बजेट पेस गर्दे अर्थमन्त्री जनार्दन शर्माले श्रम स्वीकृति काठमाडौंबाहिरका श्रम तथा रोजगार कार्यालयबाट दिइने बताएका हुन् ।
'काठमाडौंबाहिरका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत श्रम स्वीकृतिको प्रबन्ध मिलाइनेछ,' उनले भने । श्रमिकको गन्तव्य र कामको किसिमलगायतका विषयमा अग्रिम जानकारी दिइने र कल्याणकारी सेवाका निम्ति अनलाइन प्रणालीबाट प्रदान गरिने शर्माले बताए ।
वैदेशिक रोजगारमा गएकाहरूका निम्ति सञ्चित लगानी कोष सञ्चालन गर्ने उनले बताए । 'सञ्चित कोषबाट उत्पादन क्षेत्रमा लगानी गरेर प्रतिफल वितरण गरिनेछ,' उनले भने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।